शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बासबारीमा मंगोल प्रशिक्षण

mongolvision | 25 डिसेम्बर 2021

झापाको बासबारीमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा कमल -१ स्थित बाँसबारीमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. कमल गाउँसभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभा सदस्य सान मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा झापा जिल्ला सचिव सागर दर्जी हुनुहुन्थ्यो भने अतिथि झापा जिल्ला सदस्य प्रेम लिम्बू रहनुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायलाई सागर दर्जीले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि मेचेले अबको समय मूलबासी मंगोलहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर कुखुराको भाले चुनाव चिन्हमा आफ्नो विश्वासको मत खसाल्नुपर्ने कुरामा जोड दिनुभयो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कमल गाउँसभा सचिव बिजयहाङ लिम्बूले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्