सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बाँसबारीमा मंगोल प्रशिक्षण

mongolvision | 12 जनवरी 2022

झापाको बाँसबारीमा मंगोल प्रशिक्षण


झापा / मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा कमल -१ स्थित बाँसबारीमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम कमल गाउँसभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. प्रवक्ता दिलिप धिमाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा जिल्ला सभा झापा सचिव सागर दर्जी रहनुभएको थियो भने अतिथिहरुमा झापा जिल्ला सदस्य प्रेम लिम्बू र दमक नगरसभा अध्यक्ष दिपेश राई रहनुभएको थियो । कार्यक्रममा उपस्थित लोकसमुदायहरुलाई विशिष्ट अतिथि सागर दर्जीले  मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि धिमालले अबको समय लोकतन्त्र, धर्मनिरपेक्ष र पान्तीय सरकारलाई संस्थागत गर्दै मुलुकको दिगो विकास र उन्नतिको निमित्त मंगोल नेशनल अर्गनाइजेशनको टड्कारो आवश्यकता रहेकोले आउँदो चुनावमा कुखुराको भालेमा मतदान गर्न सबैमा आव्हान गर्नुभयो । स्थानीय लोकसमुदायहरुको सौहार्दपूर्ण उपस्थिमा सम्पन्न उक्त कार्यक्रममा गाउँसभाका प्रचाप्रसार सचिव रञ्जन चाम्लिङले स्वागत मन्तव्य राख्नुभएको थियो भने गाउँसभा सचिव विजयराज लिम्बूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्