Mongol Vision News | 5 फेब्रुअरी 2020
झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ती गाउँसभाको आयोजनमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज तदनुसार 5 फेब्रुअरी 2020 बुधबारका दिन बुद्धशान्ती गाउँसभाको सक्रीयता र वडा नम्बर ४ को पहलमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान मेचे प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको थियो । त्यस्तै विशिष्ट अतिथिहरुमा केन्द्रीय सदस्य मंगलसिंह लिम्बू र केन्द्रीय सल्लाहकार दिलबहादुर लिङ्खिम रहनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक मेचेले मानव अस्तित्व लगायत समसामयिक राजनितीक विषयवस्तुहरुलाई प्रष्ट्याउनु भएको थियो ।
मंगोल नेशनल अर्गनाइजेशनको मेरुदण्डको रुपमा रहेको झापा जिल्ला र झापा जिल्लाको पनि बुद्धशान्ती वडा ४ नमुना चौक रहेको कुरा प्रशिक्षणकै क्रममा मेचेले बताउनु भयो । पुर्व झापा जिल्ला सदस्य तथा मंगोल नेशनल अर्गनाइजेशलाइ शुरूवात देखिनै तनमनका साथ सहयोग गर्नुहुने बुद्धराज केदेमको घरमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा एमएनओ प्रदेश नम्बर एकका सदस्य बुद्धमाया फुरुम्बो, झापा जिल्ला अध्यक्ष लासिमहाङ मंगोल, बुद्धशान्ती गाउँसभाका अध्यक्ष छत्र खेवा, सचिव मोहनसिंह लिम्बू लगायत सदस्य बादल मोक्तानको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रम बुद्धहाङ फुरुम्बोले सन्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology