शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बुद्धशान्ति गाउँसभामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

Mongol Vision News | 13 फेब्रुअरी 2020

झापाको बुद्धशान्ति गाउँसभामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्तिको आयोजनमा बुद्धशान्ती वडा नम्बर ६ स्थित चुल्ठे गाउँमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     आज दिनांक 13 फेब्रुअरी फागुण १ गतेका दिन एमएनओ बुद्धशान्ती गाउँसभाको सक्रीयता र छत्र खेवाको सभाध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि मेचेले उक्त भेलालाई सम्बोधन गर्नुहुँदै प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणकै क्रममा मेचेले लिखित तथा मौखिक रुपमा मानव उत्पत्ति लगायत विदेशी बाहुन क्षेत्रीहरुले हिजो देखी आजसम्म गरेको शव्दरुपी षड्यन्त्रबारे प्रष्ट पार्नुभयो । कार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकारहरु पदम नेम्बाङ र धनबहादुर राई त्यसैगरी एमएनओ झापाका अध्यक्ष लासिम हाङ मंगोल, सहसचिव श्रीप्रसाद लिङ्खिम लगायत बुद्धशान्ती गाउँसभाका सदस्य बादल मोक्तानको उपस्थिति रहेको थियो भने बुद्धशान्ती गाउँसभाका सचिव मोहनसिंह लिम्बूले उक्त प्रशिक्षण कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्