Mongol vision | 2 सेप्टेम्बर 2019
|
झापाको बुद्धशान्तिमा एकैदिन भिन्न भिन्न स्थानहरुमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको सक्रीयतामा बुद्धशान्ती गाउँसभाको भिन्न भिन्नै स्थानहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आज 2 सेप्टेम्बर का दिन भएको उक्त प्रशिक्षण कार्यक्रम झापा जिल्ला सभाका सहसचिव श्रीप्रसाद लिङखिमको अध्यक्षतामा भएको छ । त्यसैगरी कार्यक्रममा संगठनका केन्द्रीय सचिव संतोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो । बुद्धशान्ती गाउँसभा वडा नम्बर चार हापिन चौक स्थित सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य सान बहादुर मेचेको विशिष्ट आतिथ्यता रहेको थियो भने अतिथीद्धयले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
त्यसैगरी मंगोल राष्ट्रवादको लोकप्रियता संगै आज नै बुद्धशान्ती चार स्थित आईतवारेमा पनि मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सचिव संतोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य सान मेचेको विशिष्ट आतिथ्यता रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा पनि अतिथिद्धयले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सत्यकला नेम्बाङ, केन्द्रीय सल्लाहकारद्वय पदम नेम्बाङ र धन बहादुर राई अतिथी रहेको कार्यक्रमको संचालन बुद्धशान्ति गाउँ सभाका अध्यक्ष छत्र खेवाले गरेका थिए ।
|
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology