शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बुद्धशान्तीमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न

Mongol Vision News | 17 नोभेम्बर 2019

झापाको बुद्धशान्तीमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न

झापा / मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ति गाउँ पालिकाको सक्रियतामा बुद्धशान्ति गाउँपालिका -६ , आइतबारेमा एकदिने मंगोल रास्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

           इश्वरमान नेम्बाङको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सभाका सचीव सन्तोष तामाङ र विशिष्ट अतिथिमा केन्द्रिय सर्वोच्चसभा सदस्य सान बहादुर मेचे रहनु भएको थियो । बुद्धशान्ती गाउँपालिकाका विभिन्न वार्ड , टोलसभाहरुबाट मंगोल रास्ट्रवाद सम्बन्धि प्रशिक्षण सुन्न उत्सुकताका साथ उपस्तिथि सम्पुर्ण मंगोलप्रेमी नेताकार्यकर्ता शुभेच्छुक शुभचिन्तकहरुलाई प्रमुख अतिथि तामाङ र विशिष्ट अतिथि मेचेले संयुक्तरूपमा पालैपालो प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

झापाको बुद्धशान्तीमा एकदिने मंगोल प्रशिक्षण सम्पन्न

मंसिर महीनाको ब्यास्ततामा पनि महत्वपूर्ण काम छोडेर उपस्थित भएको उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय सल्लाहकारद्वय दिल बहादुर लिम्खिम र धन बहादुर राइको समेत उपस्थिति रहेको थियो भने झापा जिल्लाका सहसचिव श्री प्रसाद लिम्खिम लिम्बुले कार्यक्रम संचालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्