आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बुद्धशान्तीमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

Mongol Vision News | 21 जनवरी 2020

झापाको बुद्धशान्तीमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ती गाउँसभाको सक्रियतामा बुद्धशान्ती वडा नम्बर -४ मा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     आज दिनांक 21 जनवरी मंगलबारका दिन एमएनओ बुद्धशान्ती गाउँसभाका अध्यक्ष छत्र लिम्बूको सभाध्यक्षमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान मेचे, केन्द्रीय सल्लाहकारद्धय पदम नेम्बाङ, धनबहादुर राई विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथी मेचेले संयुक्त रुपमा लिखित तथा मौखिक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

     प्रशिक्षण कार्यक्रम पछि संगठनमा धेरै लामो समय देखि आस्था राख्दै आउनु भएका स्थानिय मंगोलप्रेमी महानुभावहरुले संगठनबारे अझ स्पष्ट हुन पाएको बताउनु भएको थियो । कार्यक्रममा एमएनओ प्रदेश नम्बर एकका सदस्य खड्ग स्याङ्बो लगायत झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोल र बुद्धशान्ती गाउँसभाका सदस्य बादल मोक्ताकोको पनि उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रम लासिम हाङ मंगोलले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्