शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बुद्धशान्तीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision News | 31 अगस्ट 2019

झापाको बुद्धशान्तीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाको सक्रियतामा बुद्धशान्ती गाउँपालिका वडा ४ बाँझो खेतमा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 30 अगष्ट शनिबारका दिन धनबहादुर राईको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्थानिय मंगोलप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

झापाको बुद्धशान्तीमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यता रहेको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मेचेले उपस्थीत महानुभावहरुलाई मानव अस्तित्व लगायत सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणकै क्रममा उहाँले यो देशको वास्तविक मूलवासी समस्त चिम्रे, नेप्टे, थेप्चे मंगोलहरुको मुक्तिको लागि अबको अन्तिम विकल्प एमएनओ मात्र रहेको पनि बताउनु भएको थियो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा सहसचिव श्रीप्रसाद लिङखिमको स्वागत मन्तव्य संगै शुरूवात भएको कार्यक्रम मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जी मंगोलले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्