शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको बुद्धशान्तिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision News | 10 सेप्टेम्बर 2019

झापाको बुद्धशान्तिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ती गाउँसभाको सक्रियतामा बुद्धशान्ति एक स्थित मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 9सेप्टेम्बर सोमबारका दिन एमएनओ बुद्धशान्ती गाउँसभाका अध्यक्ष छत्र बहादुर खेवाको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम भएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य अकल तामाङ विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो भने केन्द्रीय सदस्य मंगलसिंह लिम्बू, केन्द्रीय सल्लाहकार धनबहादुर राई लगायत एमएनओ प्रदेश नम्बर एकमा सदस्य देवनारायण धिमाला, खड्ग बहादुर स्याङ्बो र एमएनओ झापा जिल्ला सभाका सहसचिव श्रीप्रसाद लिङखिमको उपस्थिति रहेको थियो । लिखित तथा मौखिक रुपमा कार्यक्रमका प्रमुख अतिथी मेचेले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणमा उहाँले मानव उत्पत्ति लगायत सांगठनिक विषयवस्तुमा उपस्थित मंगोलप्रेमिहरुलाई प्रशिक्षित गराउनु भयो । प्रशिक्षणकै क्रममा उहाँले नेपालको वास्तविक समस्या वर्णभेदि निती रहेको र उक्त समस्यको विरुद्ध बोल्न, लेख्न र लड्न सक्ने सामर्थ्य भएको राजनितीक संगठन एमएनओ मात्रै रहेको बताउनु भयो । अन्त्यमा, नेपालमा अब मूलवासि मंगोलहरुको मुक्तिको अन्तिम विकल्प एमएनओ मात्र हो भन्दै उहाँले चुनाव चिन्ह भालेमा मतदान गर्न आग्रह पनि गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्