बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको गौरादहमा एम एनओ

mongolvision | 22 जनवरी 2022

झापाको गौरादहमा एम एनओ


          झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको सक्रियतामा झापाको सुनगाभा टोलमा सम्पन्न एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम बिच एम. एन. ओ. गौरादह नगरसभा गठन भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. १ नम्बर प्रान्तीय सभा सदस्य राजेन्द्र चेम्जोङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभा सदस्य सान मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिमा एम. एन. ओ. जिल्ला सभा झापा सदस्य प्रेम लिम्बू रहनुभएको थियो । कार्यक्रममा प्रेम लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि सान मेचेले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले उपस्थित लोक समुदायलाइ हाम्रो अधिकार र अस्तित्व प्राप्तिको निमित्त चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमकै बिच नवीन लिम्बूको अध्यक्षतामा १५ सदस्यीय एम. एन. ओ. गौरादह नगरसभा गठन भएको छ । सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः मुना मोहरा, बिक्रम लिम्बू, अस्मी मोहरा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अन्जिता लिम्बू, माविहाङ लिम्बू, इतुङ चेम्जोङ, खुशी लिम्बू, इच्छिङ लिम्बू, कल्पना नेपाली, आश्मा मोहरा, पवित्रा लिम्बू रहनुभएको छ भने सल्लाहकारहरुमा जुधवीर चेम्जोङ, छत्र भादुर सम्बाहम्फे र मान बहादुर लिम्बू रहनुभएको छ । स्थानीय लोक समुदायाको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम एम. एन. ओ. कमल गाउँ सभा सचिव विजयहाङ लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्