शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाका गाउँ तथा नगर सभाहरुमा २६अौं विश्व मूलवासी दिवस भव्य रुपमा सम्पन्न

Mongol Vision | 9 अगस्ट 2020

झापाका गाउँ तथा नगर सभाहरुमा २६अौं विश्व मूलवासी दिवस भव्य रुपमा सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा अन्तर्गतका विभिन्न गाउँ तथा नगर सभाहरुले २६ अौं विश्व मूलवासी दिवस सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ। 09 अगस्ट 2020 अाइतबारको दिन २६अौं विश्व मूलवासी दिवस मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभा झापाले गाउँसभा अध्यक्ष प्रेम लिम्बूको अध्यक्षता र संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेको प्रमुख अातिथ्यतामा भव्य रुपमा मनाएको छ । त्यसैगरी विशिष्ट अथितिको रुपमा संगठनका वैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ रहनु भएको थियो । कार्यक्रममा चुलाचुली गाउँ सभाका अध्यक्ष चन्द्र केरुङ, १ न. प्रदेश सभाका सदस्य राजेन्द्र चेम्जोङ, संगठनका वैकल्पिक केन्द्रीय सदस्य देवेन्द्र सामपाङ र कार्यक्रमका प्रमुख अतिथि सान बहादुर मेचेले २६ अौं विश्व मूलवासी दिवसको शुभकामना व्यक्त गर्दै अाफ्ना मन्तव्यहरु राख्नुभएको थियो । उक्त कार्यक्रमलाई थमन राईले स्वागत गरेका थिए भने हिजन राईले सञ्चालन गरेका थिए । त्यस्तै बुद्धशान्ति गाउँ सभाले पनि अाफ्नै कार्यलयमा गाउँ सभाका अध्यक्ष छत्र खेवाको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य मंगलसिंह लिम्बूको प्रमुख अातिथ्यतामा शुभकामना अादानप्रदान गर्दै २६अौं विश्व मूलवासी दिवस वडा, गाउँ, जिल्ला, प्रदेश र केन्द्रीय सभाको पदाधिकारीहरुको उपस्थितिमा भव्य रुपमा मनाएको छ । त्यस्तै एमएनअो भद्रपुर नगर सभाले पनि वडा तथा नगर सभाका पदाधिकारीहरु भेला भई २६ अौं विश्व मूलवासी दिवस मनाएको छ ।

झापाका गाउँ तथा नगर सभाहरुमा २६अौं विश्व मूलवासी दिवस भव्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्