आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमल गाउँपालिकामा एमएनओको प्रशिक्षण सुरु

Mongol Vision | 7 सेप्टेम्बर 2021

झापाको कमल गाउँपालिकामा एमएनओको प्रशिक्षण सुरु

झापा/मंगोल नेशनल अर्गनाइजेशन कमल गाउपालिका सभा झापाको आयोजना 7 सेप्टेम्बर 2021 का दिन एकदिने मंगोलवाद बिषयक प्रशिक्षण कार्यक्रम कमल गाउँपालिका-6, शान्तिटोल झापामा सम्पन्न भएको छ ।
कोभिड 19 को निशेधाग्या सुरु भएपछी रोकिएको संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रमहरु पुन सुचारु भएको छ ।
कमल गाउँपालिका सभाका अध्यक्ष प्रेम लिम्बुको सभाध्यक्षता तथा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यथामा सम्पन्न कार्यक्रमको बिशेष अतिथी जिल्ला सभा झापाका सदस्य सागर मंगोल रहनु भएको थियो ।
जनक लामाको स्वागत मन्तव्य बाट सुरुवात भएको कार्यक्रममा प्रमुख अतिथी मेचेले मंगोलराष्ट्रवादको दर्शन र मानव उत्त्पतिको बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा समग्र मानव समुदायको हित समानता, स्वतन्त्रता र भातृत्व सहितको ब्यबस्था मंगोलवाद दर्शनमा रहेको कुरालाई प्रकाश पार्नु भएको थियो ।

झापाको कमल गाउँपालिकामा एमएनओको प्रशिक्षण सुरु

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्