शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 3 अगस्ट 2019

झापाको कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा ÷  मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँपालिका र चुलाचुली गाउँसभाको संयुक्त पहलमा कमल गाउँपालिका वडा नम्बर छ टुक्रेमा मंगोल राष्ट्रवाद सम्वन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
३ अगष्टका दिन कमल गाउँसभाका अध्यक्ष प्रेम लिम्बूको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा संगठनको केन्द्रीय सचिव संतोष तामाङ रहनु भएको थियो । झापा र इलाम जिल्लाको सिमानामा रहेको टुक्रेमा झापा जिल्ला र इलाम जिल्लाका मंगोलप्रेमी महानुभावहरुको उल्लेखनीय उपस्थितिको बीच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । स्थानिय मंगोल प्रेमी सुबास तुम्रोकको स्वागत मन्तव्य संगै औपचारिक रुपमा शुरूवात भएको प्रशिक्षण कार्यक्रममा चुलाचुली गाउँसभा अध्यक्ष चन्द्र केरुङ लगायत मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नम्बर एकका सचिव सागर राई र केन्द्रीय सदस्य सान बहादुर मेचेले मन्तव्य राख्नु भएको थियो ।

झापाको कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

मूलवासी मंगोलहरुको घना बस्ती रहेको उक्त ठाउँमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नुहुँदै प्रमुख अतिथी तामाङले सांगठनिक लगायत नेपालको वास्तविक समस्याबारे प्रष्ट पार्नु भयो । आदिवासी जनजाती शव्द षड्यन्त्र पुर्वक २०४७ यता दरबारबाट मूलवासी मंगोल मास्ने हेतुले अघि सारेकोले आदिवासी जनजाती भन्दै गर्व गर्ने ठाउँ नरहेको कुरामा उहाँले जोडदिनु भयो । विश्व विज्ञान र मानवशास्त्रको पुष्टि अनुसार हामी मंगोल यहीँ देशको उत्पत्तिवासी भएकोले मूलवासी रहेको पनि उहाँले उल्लेख गर्नु भयो । मंगोल नेशनल अर्गनाइजेशन मात्र ८०% अहिन्दू मूलवासी मंगोलहरुको हकहित र अधिकारको लागि जेलभित्र स्थापना भएको एउटा राजनितीक संगठन भएकोले निर्धक्क भएर संगठनमा आबद्ध भएर साथ र सहयोग गरि संगठनलाई तिव्र रूपमा विस्तार गर्न उहाँले स्थानीय मंगोलप्रेमिहरु सँग अनुरोध गर्नु भयो । उक्त प्रशिक्षण कार्यक्रम झापा जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोलले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्