शुक्रबार 24 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 29 सेप्टेम्बर 2020

झापाको कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ झापा जिल्लाको कमल गाउँपालिकाको वडा नम्बर ५ पारुहाङ चौक स्थित मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको सक्रीयतामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन भएको छ ।
पारुहाङ चौकका स्थानीय मंगोलप्रेमी रञ्जन राईको विशेष पहल साथै सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो भने प्रशिक्षणमा मेचेले उपस्थित भेलालाई मौखिक तथा लिखित रुपमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणकै क्रममा मेचेले मानव उत्पती लगायत नेपालको वास्तविक राजनिती, आदिवासी जनजाती र मूलवासी मंगोल शव्दबारे प्रष्ट पारे । 

पारुहाङ चौकका स्थानीय मूलवासी मंगोलहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा एमएनओ झापा जिल्ला सभाका अध्यक्ष लासिम हाङ मंगोलको विशिष्ट आतिथ्यता रहेको थियो । युग पुरुष अमर ड.गोपाल गुरुङको जीवनी र सांगठनको विधानबारे विशिष्ट अतिथी मंगोलले प्रष्ट पार्दै अब आउने चुनावहरुमा आफ्नो मतको सहि सदुपयोग गर्न अनुरोध गरे । कमल गाउँ सभाका अध्यक्ष प्रेमबहादुर लिम्बूले स्वागत मन्तव्य राखे भने उक्त कार्यक्रम सचिव सुवास तुम्रोक लिम्बूले सञ्चालन गरेका थिए ।

झापाको कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्