बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमल गाउँसभामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 31 मे 2019

झापाको कमल गाउँसभामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको सक्रीयतमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण बृहत् कार्यक्रम सम्पन्न भएको छ ।

 

     31 May शुक्रवारका दिन झापाको कमल गाउँपालिका वडा नम्बर 5 स्थित भुमराज चोकमा कमल गाउँसभाका अध्यक्ष प्रेम बहादुर लिम्बूको अध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख अतिथि एवम प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धी बृहत् प्रशिक्षण सप्पन्न भएको छ ।

भुमराज चौकका मंगोलप्रेमी लोकहरुको उपस्थिति बीच प्रमुख अतिथी मेचेले मानव अस्तित्व लगायत सांगठनिक विषयमा प्रष्ट्याउनु भयो । विदेशी शरणार्थी बाहुन क्षेत्रीले हिजो हतियारको राजनिती गरे भने आज आदिवासी जनजाती शाव्दिक षडयन्त्र गर्दै हामी मंगोलहरुलाई आफ्नो देशमा अस्तित्व विहिन बनाई रहेकोले ती शव्दरुपी छुराबाट वच्न आवश्यक रहेको भन्दै आदिवासी जनजाती र मूलवासी, मंगोल शव्दको अर्थ र असरबारे पनि प्रशिक्षण प्रदान गर्नु भयो । कार्यक्रमकै दौरान मेचेले मंगोल नेशनल अर्गनाइजेशन एक मात्र राजनितिक संगठन जुन यो देशमा असली रुपमा सैद्धान्तिक राजनिती गर्ने संगठन भएको र मूलवासी मंगोलको मुक्तिको मूलनारा यसमा मात्रै भएको कुरामा जोडदिनु भयो ।

 

     कार्यक्रममा मौखिक सहित लिखित रुपमा प्रशिक्षण प्रदान गरिएको थियो भने मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोलले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्