बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमलमा बृहत मंगोल सभा तथा वडा सभा पुनर्गठन

mongolvision | 7 अगस्ट 2022

झापाको कमलमा बृहत मंगोल सभा तथा वडा सभा पुनर्गठन


झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा कमल-५ स्थित पारुहाङ टोलमा बृहत मंगोल सभा साथै वडा सभा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रम एम.एन.ओ. कमल गाउँसभा अध्यक्ष हिजन राईको सभाध्यक्षतामा एवं संगठनका १ नं. प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथिमा १ नं. प्रान्तीय सभा सदस्य राजेन्द्र चेम्जोङ रहनुभएको थियो भने अतिथिहरुमा झापा जिल्ला सहसचिव भरत राई, सदस्य प्रेम लिम्बू, इलाम जिल्ला सदस्य चन्द्र केरुङ, दमक नगरसभा अध्यक्ष दिपेश राई  रहनुभएको थियो । 

कार्यक्रममा अतिथिहरु दिपेश राई, चन्द्र केरुङ, प्रेम ब.लिम्बू, भरत राई, विशिष्ट अतिथी राजेन्द्र चेम्जोङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भाष्कर चाम्लिङले मंगोल नेशनल अर्गनाइजेशन उदयमान शक्ति बन्दै गइरहेको र  मुलुकको राजनैतिक सत्ताको नजिक रहेको कुरा जगजाहेर गर्नुभयो । 

उक्त कार्यक्रमकै बिच कमल -५ वडा सभाको पुनर्गठन भएको छ । अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, प्रचारप्रसार सचिवमा क्रमश: अजय राई , सञ्जोक राई , प्रेम कुमारी दास , रेनु देवि राई , उर्धिराज(दीपक)राई रहनुभएको छ । सदस्यहरुमा विजय मेचे,सुवास मेचे, सुजन मेचे, मधुकरण राई, जानुका तामाङ, दुर्गा वि.क , हिमा रसाईली, बुद्धराज केरुङ, संतोष राई रहनुभएको छ भने सल्लाहकारमा सुनिल राई ,अमृत राई गरी १६ जनाको कार्यसमिति चयन भएको छ । लोक समुदायहरुको सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कमल गाउँसभा सदस्य सरस्वता आङदेम्बेले राखेकि थिइन भने सचिव विजयहाङ लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्