बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमलमा मंगोल राष्ट्रवाद

Mongol Vision News | 13 फेब्रुअरी 2021

झापाको कमलमा मंगोल राष्ट्रवाद

झापा/ कमल गाउँपालिका वड नम्बर - ७ शान्ति टोलमा एम एनओ कमल गाउँ सभाको सक्रीयतामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

11 तारिख विहिबारका दिन सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा एम एनओ कमल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रञ्जन राईको सभाध्यक्षता र संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि मेचेले उपस्थित भेलालाई सम्बोधन गर्दै मंगोल राष्ट्रवाद सम्बन्धि लिखित तथा मौखिक रुपमा प्रशिक्षण प्रदान गरेका थिए । एम एनओ झापा जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोलको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा उहाँले एम एनओ र युग पुरुष अमर ड.गोपाल गुरुङको जीवनीबारे उपस्थित भेलालाई प्रष्ट्याएका थिए भने संगठनको सिद्धान्तबारे पनि प्रष्ट पारे । कमल गाउँसभाका सदस्य जनक तामाङको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सुरुवात भएको कार्यक्रम सह-सचिव हिजन राईले सञ्चालन गरेका थिए भने एम एनओ दमक नगर सभाका अध्यक्ष दिपेश राईले पनि आफ्नो मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्