शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कन्काईमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

mongolvision | 17 फेब्रुअरी 2022

झापाको कन्काईमा मंगोलवाद सम्बन्धी प्रशिक्षण


               झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा कन्काई नगरपालिका वडा नं. २ स्थित मगर टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
                 १७ फेब्रुअरी २०२२ का दिन सप्पन्न उक्त कार्यक्रममा एम. एन. ओ. जिल्ला सभा झापाका सदस्य जयेन मगरको सभाध्यक्षता एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीय समाजसेवी मंगोल समर्थक सुरेश मगरको  आतिथ्यता रहेको थियो । उपस्थित लोक समुदायलाई प्रमुख अतिथि मेचेले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक धारणा र उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय मूलबासी मंगोलहरुले आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त भाले चिन्हमा मतदान गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।  स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम जिल्ला सभा सचिव सागर दर्जीले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्