आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको मेचिनगर -15 मा मंगोल प्रशिक्षण

Mongol viaion | 11 सेप्टेम्बर 2021

झापाको मेचिनगर -15 मा मंगोल प्रशिक्षण

 झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर -१५ वडा सभाको आयोजनामा मेचिनगर -१५ स्थित भाङागोलामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 शुक्रबार मेचिनगर १५ भाङागोलामा वाड सभा अध्यक्ष हिमाल मेचेको अध्यक्षता एवं एम. एन. ओ. प्रदेश नं. १ सभाका सचिव सागर राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम  सम्पन्न भएको हो  । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. झापा जिल्ला सदस्य सागर दर्जी र अतिथि एम. एन. ओ. मेचिनगर अध्यक्ष  सिनारा मेचे रहनु भएको थियो ।

       कार्यक्रममा सिनारा मेचेले मन्तव्य राख्नु भएको थियो । विशिष्ट अतिथि  सागर दर्जीले उपस्थित सम्पूर्ण भेलालाई मानव उत्पत्ति, अस्तित्व र पहिचान , मतवाली, आदिवासी, जनजाती र दलित शब्दको अर्थ र असरको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि सागर राईले सम्बोधन गर्दै एम. एन. ओ. का फाउण्डर प्रेसिडेन्टले मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्वको लागि गर्नुभएको संघर्षबारे प्रष्ट पार्दै सम्पूर्णलाई मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनका निम्ति आव्हान गर्नुभयो । कार्यक्रमकै अवसर पारेर वडा सभा सचिवमा दिलिप राजवंशीलाई नियुक्त गरिएको छ भने दुन राजवंशी, केशव राजवंशी, गोबिन बोराइ र रविलाल चौधरी वडा सभा सदस्यमा नियुक्त हुनुभएको छ । दिलिप राजवंशीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम मेचिनगर सचिव किशोर धिमालले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्