शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको मेचिनगर-३ मा बृहत मंगोल खुल्ला सभा सम्पन्न

mongolvision | 3 अप्रिल 2022

झापाको मेचिनगर-३ मा बृहत मंगोल खुल्ला सभा सम्पन्न


झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर-३ वडा सभाको आयोजनामा मेचिनगर -३ डाँडा गाउँ स्थित बलभद्र नि. मा. वि. को खेल मैदानमा बृहत मंगोल खुल्ला सभा सम्पन्न भएको छ । 
उक्त कार्यक्रम वडा सभा अध्यक्ष खगेन्द्र तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि संगठनका वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु १नं. प्रान्तीय सभाका सदस्य देव धिमाल, झापा जिल्ला सभाका सचिव सागर दर्जी, कोषाध्यक्ष वीरबल योङहाङ, शिखा लिम्बू, मेचिनगर सभाका अध्यक्ष सिनारा मेचे, किशोर धिमाल रहनुभएको थियो भने नगरसभाका सदस्यहरु, मेचिनगरभित्रका विभिन्न वडा अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्तिथि रहेको थियो । 
कार्यक्रममा अतिथिहरु किशोर धिमाल, शिखा लिम्बू, सागर दर्जी, देव धिमालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि शान्तिलाल धिमालले अब मंगोल नेशनल अर्गनाइजेशन नेपालको उदयमान राजनैतिक शक्ति बन्न लागिरहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सन्तोष तामाङले अबको निर्वाचनना मूलबासी मंगोलहरुले आफ्नो अस्तित्व, अधिकार प्राप्ति संगै मुलुकको दिगो विकासको निमित्त कुखुराको भालेमा मतदान गर्नुपर्ने कुरा जगजाहेर गर्नुभयो । 
कार्यक्रमको सोही अवसरमा भानुभक्त थापा मगर, राजन लुङ्गेली, राम कुमार तामाङ, राजन पिठाकोटे, मदन ठाडा, मुनु मेचे, नर बहादुर सारु, यादव सारु, दिपेन्द्र ठाडा, जितेन्द्र घले, दिल बहादुर तामाङ, अमर मगर लगायतले विभिन्न पार्टी  परित्याग गरी एम. एन. ओ. मा प्रवेश गरेका छन । वडावासी लोक समुदायहरुको उल्लेख्य उपस्थितिका साथै गायन, नृत्यहरु सहित सम्पन्न उक्त कार्यक्रममा वडा सभा सदस्य अमर सुनुवारले स्वागत मन्तव्य राखेका थिए भने सचिव सागर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

झापाको मेचिनगर-३ मा बृहत मंगोल खुल्ला सभा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्