बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको मेचिनगरमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

Mongol Vision News | 25 जनवरी 2020

झापाको मेचिनगरमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचीनगर नगर सभा झापाक‍ो अायोजनामा एक दिने मूलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
       25 जनवरी 2020 शनिबारको दिन झापाको मेचीनगरपालिका वडा नं 4 स्थित शान्ति टोलको केन्द्र घरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेचीनगर नगर सभाका अध्यक्ष सागर दर्जीको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा संगठनका केन्द्रीय सदस्य मेलिना तामाङ रहनुभएको थिय‍ो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा एमएनओ प्रदेश नं १ सभा अध्यक्ष भाष्कर चाम्लिङ राई र अतिथिमा सचिव सागर राई रहनुभएको थियो ।
       मूलवासी मंगोल लोक समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमलाई कार्यक्रमका विशिष्ट अतिथि र अतिथिद्वयले संयुक्त रुपमा मानव अस्तित्व, उत्पति, इतिहास लगायत सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमको प्रमुख अतिथि तामाङले एमएनअो वास्तविक रुपमा समानता, स्वतन्त्रता र भातृत्वलाई कायम गर्न अघि बढेको कुरा प्रष्ट्याउनु भएको थियो ।
       मेचीनगर नगरसभा प्रचार सचिव खम बहादुर राईको विशेष सक्रियतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर सभा सदस्य लालमोहन धिमालको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य एमएनओ गोले गाउँ टोल सभा अध्यक्ष सन्तोष तोलाङ्गेले राखेका थिए भने नगर सचिव सिनारा मेचेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्