शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको मेचिनगरमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण सम्पन्न

Sinara Mongol Meche | 1 फेब्रुअरी 2020

झापाको मेचिनगरमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा एकदिने मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

     तदनुसार 01 फेब्रुअरी,2020 सनिवार को दिन झापाको मेचिनगर नगरपालिका वडा नम्बर 4 स्थित मङ्ग्राती गाउँमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा मेचिनगर नगरसभाका प्रचार सचीव खम बहादुर राइको सभाअध्यक्षता रहेको थियो भने प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षकमा संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय आर्थिक विभाग सदस्य सान मेचे रहनुभएको थियो ।

झापाको मेचिनगरमा मंगोल राष्ट्रवाद सम्वन्धी प्रशिक्षण सम्पन्न

हिन्दूवादको षड्यन्त्रमा कथित दलित बनाइएको अहिन्दू मुलबासी मंगोल मङ्ग्राती समुदायको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा मानव अस्तित्व, मानव उत्पत्ती र इतिहास लगायत साङ्गठनिक विषयमा प्रमुख अतिथी मेचेले प्रशिक्षण प्रदान गर्नु भएको थियो। मेचिनगर नगरसभा प्रचार सचीव खम बहादुर राइको विशेष सक्रियतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रममा एमएनओ मेचिनगर नगरसभा सचीव सिनारा मेचेले कार्यक्रम संचालनको क्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमलाई अघि बढाएकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्