आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको १४ औँ जिल्ला अधिवेशन आउदो डिसेम्बरमा हुने

mongolvision | 18 अक्टोबर 2021

झापाको १४ औँ जिल्ला अधिवेशन आउदो डिसेम्बरमा  हुने


सागर मंगोल
झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको १४ औँ जिल्ला अधिवेशन आउदो पुषको ३ गते तदनुसार  डिसेम्बर १८ तारिखका दिन सम्पन्न हुने भएको छ ।
एम. एन. ओ. जिल्ला सभा झापाका अध्यक्ष  लासिमहाङ मंगोलको सभाध्यक्षतामा एवं संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ ज्यूको प्रमुख अातिथ्यता र  १ नं. प्रान्तीय  सभाको अध्यक्ष भाष्कर चाम्लिङ राई ज्यूको विशिष्ट आतिथ्यतामा अगस्ट १८ तारिखका दिन  बसेको आकस्मिक बैठकले झापाको १४ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । मिटिङकै दौरान लासिमहाङ मंगोलको संयोजकत्वमा २५ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन १४ औँ झापा जिल्ला अधिवेशन मूल आयोजक सभा गठन गरिएको छ । मूल आयोजक सभाको सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः बानिरा मेचे, वीरबल योङहाङ, श्री प्रसाद लिङ्खिम , भरत राई रहनुभएको छ भने सदस्यहरुमा बुद्ध केदेम, राज कुमार लावती, मान बहादुर बराइली, फूलमान तामाङ , राज कुमार तामाङ, भानु धिमाल, राम वि. क, जमुना राई, चन्द्रहाङ लिङखिम, छविन्द्र स्याङबो, सागर दर्जी, जानुका राई, दिपेश कुमार राई, रावण लिम्बू, छत्र खेवा, प्रेम लिम्बू, सिनारा मेचे, जयेन मगर, अर्जुन लोवा र विजयराज लिम्बू रहनुभएको छ ।जिल्ला प्रचार सचिव भरत राईले स्वागत गरेको उक्त  आकस्मिक बैठकलाई जिल्ला  सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन।

झापाको १४ औँ जिल्ला अधिवेशन आउदो डिसेम्बरमा  हुने

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्