शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको पर्यटकीय स्थल मिनिमाउन्टेनमा एम. एन. ओ. को अन्तरक्रियात्यम कार्यक्रम

mongolvision | 24 जनवरी 2022

झापाको पर्यटकीय स्थल मिनिमाउन्टेनमा एम. एन. ओ. को अन्तरक्रियात्यम कार्यक्रम


झापा / मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर-२ वडा सभाको आयोजनामा मेचिनगर -२ स्थित पर्यटकीय स्थल मिनि माउन्टेनमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. मेचिनगर -२ वडा सभा अध्यक्ष पूर्णहाङ लिम्बूको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. केन्द्रिय सदस्य मेलिना तामाङ रहनुभएको थियो भने अतिथिहरुमा १ नं. प्रान्तीय सभा सचिव सागर राई, जिल्ला सभा झापाका सचिव सागर दर्जी, मेचिनगर सभा अध्यक्ष सिनारा मेचे रहनुभएको थियो ।
          कार्यक्रममा अतिथिद्वय सागर दर्जी र सागर राईले संगठनको राजनैतिक धारणा र उद्देश्यको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले हाम्रो हक, अधिकार र अस्तित्व प्राप्ति संगै मुलुकको दिगो विकास र समृद्धिको निमित्त अबको अन्तिम विकल्प नै मंगोल नेशनल अर्गनाइजेशन रहेको कुरा बताउनुभयो ।  स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम मेचिनगर सभा सदस्य सोमवीर तामाङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्