बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको सैनिक बजारमा मंगोल प्रशिक्षण

mongolvision | 7 अगस्ट 2022

झापाको सैनिक बजारमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन विर्तामोड  नगरसभाको आयोजनामा विर्तामोड-१० स्थित सैनिक बजारमा मंगोलवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रम एम.एन.ओ. विर्तामोड नगरसभा अध्यक्ष याम कुमार श्रेष्ठको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी संगठनका १ नं. प्रान्तीय सभा सदस्य प्रकाश हाङ्खिम रहनुभएको थियो भने अतिथिहरुमा एम.एन. झापा जिल्ला अध्यक्ष बानिरा मेचे, सचिव सागर दर्जी, प्रचारप्रसार सचिव भानु धिमाल र झापा गाउँसभा अध्यक्ष पदम तामाङको आथित्यता रहेको थियो । 
कार्यक्रममा झापा जिल्ला अध्यक्ष बानिरा मेचेले मन्तव्री राख्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथी प्रकाश हाङ्खिमले मंगोल समाजको निम्ति र मानव अधिकारको निम्ति महामानव सिदाह बुद्ध र महामानव ड. गोपाल गुरुङले जीवन्त संघर्ष गर्नुभएको कुरा प्रष्ट्याउनुभयो । कार्यक्रममा उपस्थित लोक समुदायलाई प्रमुख अतिथी  सान मेचेले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले मानव उत्पत्तीको विषयमा प्रष्ट्याउँदै मंगोल समाजलाई सिध्याउनको लागि आदिवासी, जनजाती शब्दको प्रयोग मन्द विषको रुपको प्रयोग गरिएको बताउनुभयो । साथै उहाँले मंगोल नेशनल अर्गनाइजेशनले देशको राजनैतिक सत्ता सम्हालेको खण्डमा एक दशकभित्रै नेपाललाई विकसित मुलुकको रुपमा स्थापित गर्न सकिने कुरा जगजाहेर गर्नुभयो । स्थानीय लोक समुदायहरुको बाक्लो उपस्तिथिमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रम विर्तामोड नगरसभा सचिव सञ्जय जबेगुले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्