बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको दुम्सेमा मंगोल प्रशिक्षण

mongolvision | 8 जनवरी 2022

झापाको दुम्सेमा मंगोल प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन दमक नगरसभाको आयोजनामा दमक -३ स्थित दुम्सेमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. दमक नगरसभा अध्यक्ष दिपेश राइको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सर्वोच्च सभा सदस्य श्याम लिम्बू ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ. झापा जिल्ला सभाका सचिव सागर दर्जी रहनुभएको थियो भने अतिथिहरुमा कमल गाउँसभा अध्यक्ष हिजन राई, कोषाध्यक्ष शुक बहादुर लिम्बू, प्रचारप्रसार सचिव रञ्जन चाम्लिङ रहनुभएको थियो । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि सागर दर्जीले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए भने दमक नगर सभा सदस्य गणेश तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्