शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको दमक नगर मंगोलमय बन्दै

Mongol Vision News | 13 फेब्रुअरी 2021

झापाको दमक नगर मंगोलमय बन्दै

झापा/ मंगोल नेशनल अर्गनाइजेशन दमक नगर सभा र झापा जिल्ला सभाको सक्रीयतामा दमक नगर सभा मंगोलमय बन्दै गइरहेको छ ।

दमक नगर सभाको सक्रियतामा प्रत्येक हप्ताको शनिबार दमक नगरको विभिन्न भेगमा मंगोल राष्ट्रवाद प्रशिक्षण संगै घरदैलो अभियान तिव्र रुपमा अगाडि बढाइ रहेको नगर अध्यक्ष दिपेश राईले बताउनु भयो । यसैक्रममा आज दिनांक 13 फ्रेब्रुअरिका दिन दमक नगर वडा नम्बर २ स्थित भाङबारिमा दिपेश राईको सभाध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथिको रुपमा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य सान मेचे रहेका थिए भने विशिष्ट अतिथिमा झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोल थिए त्यसैगरी झापा जिल्ला कोषाध्यक्ष वीरवल योङहाङ र एम एनओ प्रवास सभा युएई अध्यक्ष अमर धिमालको पनि आतिथ्यता रहेको उक्त कार्यक्रम दमक नगर सचिव थामनसिंह राईले सञ्चालन गर्दै कार्यक्रमलाई औपचारिकता दिए ।

झापाको दमक नगर मंगोलमय बन्दै

प्रशिक्षणकै क्रममा प्रमुख अतिथि मेचेले नेपालका ८०% अहिन्दू मूलवासि मंगोलहरुलाई हतियार देखि शाब्दिक हतियारले कसरी विदेशि बाहुन क्षेत्रीले आजसम्म षड्यन्त्र गरे भन्ने बारे प्रष्ट पारे भने संगठन र युग पुरुष अमर ड.गोपाल गुरुङको जीवनीबारे प्रष्ट्याउदै विशेष्ट अतिथि लासिम हाङ मंगोलले संगठनको विधानबारे पनि प्रष्ट पारेका थिए । कार्यक्रममा चुलाचुली गाउँ सभा इलामका अध्यक्ष चन्द्र केरुङ लगायत भद्रपुर नगर सचिव अर्जुन लोवाको पनि उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्