शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको दमकमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 26 नोभेम्बर 2019

झापाको दमकमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

झापा/ झापाको दमक नगरपालिका वडा नम्बर एक स्थित श्रीपली चौकमा मंगोल राष्ट्रवाद सम्बन्धी बृहत् रुपमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

      26 नोभेम्बर मंगलबारका दिन मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाको आयोजना र मंगोल नेशनल अर्गनाइजेशन चुलाचुली गाउँसभा इलामको सक्रीयतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । स्थानीय श्रीपाली चौकका मंगोल प्रेमी महानुभावहरुको बाक्लो उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा चन्द्र बहादुर केरुङको सभाध्यक्षता रहेको थियो । त्यसैगरी संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय आर्थिक विभागका सदस्य सान बहादुर मेचे कार्यक्रमको प्रमुख प्रशिक्षक साथै प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक मेचेले मानव अस्तित्व लगायत समसामयिक राजनिती, आदिवासी जनजाती र मूलवासी मंगोल शव्दबारे बृहत् रुपमा प्रशिक्षित गराए । विश्व विज्ञान र मानव शास्त्र अनुसार संसारमा मानव अस्तित्व तीन वर्णको मात्र रहेको छ । तर नेपालमा यो सत्यता देखि अन्योल बनाएको कारण आज सत्यताको उजागर गर्न एमएनओ जन्मिएको पनि मेचेले बताए ।

       प्रशिक्षणकै क्रममा मेचेले विश्व विज्ञान र मानवशास्त्रका अनुसार मंगोलहरु यो देशको मूलवासी रहेको कुरामा जोड दिएका थिए । त्यस्तै अहिले मूलवासी मंगोलहरुमा प्रचलित रुपमा रहेको शब्द आदिवासी जनजाती शब्द जुन "स्लो पोइजन" रहेको बताए । आज आदिवासि जनजाति स्विकार्नुको प्रतिफल भोलि भावी सन्ततिलाई शरणार्थी बनाउनु रहेकोले आदिवासी जनजाती नस्विकार्न उपस्थित मंगोलप्रेमी महानुभावहरुमा मेचेले आह्वान गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रम लासिम हाङ मंगोलले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्