बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको विभिन्न भेगमा २७ औं विश्व मूलवासी दिवस सम्पन्न

mongol vision | 10 अगस्ट 2021

झापाको विभिन्न भेगमा २७ औं विश्व मूलवासी दिवस सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेश जिल्ला सभा झापाको विभिन्न भेगमा २७ औं विश्व मूलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

अगष्ट 9 लाई एम एनओले विश्व मूलवासी दिवसको रुपमा मनाउँदै आईरहेको छ । यसैक्रममा झापा जिल्ला सभाको आयोजनामा मेचिनगर २ स्थित मंगोल रिसर्च सेन्टरको सभाहलमा आज एक कार्यक्रम गरि २७ औं विश्व मूलवासी दिवस भव्यताका साथ सम्पन्न भएको हो । झापा जिल्ला अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षता र प्रेसिडेण्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा संगठनका केन्द्रीय सचिव सन्तोस तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी विशेष अतिथिमा वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी बुद्धलाल मेचे ज्युले २७ औं विश्व मूलवासी दिवस सम्म आइपुग्दा फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युले गर्नुभएको त्याग तपस्या र योगदानवारे बताउनु भयो । मन्तव्यकै क्रममा विशिष्ट अतिथी सन्तोस तामाङ ज्युले मूलवासी दिवसको स्थापना र उद्धेश्यवारे प्रष्ट पार्नुभएको थियो । झापा जिल्ला सदस्य भानु धिमालको स्वागत मन्तव्य संगै शुरुवात भएको कार्यक्रममा प्रदेश नम्बर १ का सचिव सागर राई लगायत केन्द्रीय सदस्य दिलवरी राई र वैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ ज्युले पनि मन्तव्य राख्नु भयो । कार्यक्रम एम एनओ झापा जिल्ला सचीव बानीरा मेचेले सञ्चालन गरेकी थिइन् ।

झापाको विभिन्न भेगमा २७ औं विश्व मूलवासी दिवस सम्पन्न

यसैगरी झापा जिल्ला सभाको भद्रपुर नगर सभामा संगठनका केन्द्रीय सदस्य श्याम लिम्बुको प्रमुख आतिथ्यतामा, कमल गाउँसभामा केन्द्रीय प्रवक्ता दिलिप धिमालको प्रमुख आतिथ्यता एवं १ नम्बर प्रदेश सभाका अध्यक्ष भास्कर चाम्लिङको बिशेष आतिथ्यतामा र इलाम चुलाचुलीमा केन्द्रीय प्रचार प्रसार सचिब मणि पापोको प्रमुख आतिथ्यतामा र केन्द्रीय सदस्य सान बहादुर मेचेको विशेष आतिथ्यतामा २७ औं विश्व मूलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्