मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको विभिन्न ठाउँमा कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न

mongolvision | 15 अक्टोबर 2021

झापाको विभिन्न ठाउँमा कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न

बानिरा मेचे

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा अन्तर्गतको विभिन्न नगर, गाउँ तथा वडा सभामा दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको छ।

अाज दिनाङ्क १५ अक्टोबर २०२१ शुक्रबारको दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा अन्तर्गत मेचिनगर नगरसभाको अायोजनामा मेचिनगर -२ स्थित मंगोल रिसर्च सेन्टरको प्राङ्गणमा मेचिनगर सभा अध्यक्ष सिनारा मेचेको सभाध्यक्षता एवम् संगठनका प्रेसिडेण्ट बुद्धलाल मेचेज्यूको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई प्रमुख अतिथि मेचेले संगठनको पाँच क्रान्ति स्वरुप दिपप्रज्वलनसँगै महामानव सिदाहा बुद्ध र ड. गोपाल गुरुङ ज्यूको तस्बिरमा खदा अोडाई कार्यक्रमको समुदघाटन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई प्रमुख अतिथि ज्यूले कथित दशैं बहिष्कार स्वरुप कालो टीका लगाई दिई क्रान्तिकारी, ईमानदार, त्यागी मंगोल बन्नु भनेर अाशिर्वाद दिनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ, अतिथि केन्द्रीय सदस्य सान बहादुर मेचे, प्रदेश न. -१ का सचिव सागर राई र झापा जिल्ला अध्यक्ष लासिमहाङ लिम्बूले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा केन्द्रीय सभा, प्रदेश सभा, जिल्ला सभाका अन्य पदाधिकारीहरुको पनि अातिथ्यता रहेको थियो । नगर कोषाध्यक्ष नरबहादुर राईले स्वागत गरेको उक्त कार्यक्रम नगर सचिव किशोर धिमालले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै एमएनअो मेचिनगरको वडा नं. -३, ७ र १५ विभिन्न ठाउँहरुमा पनि कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । मेचिनगर ७ मा संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ, प्रवक्ता दिलिप धिमाल, प्रचारप्रसार सचिव मणि पापो, केन्द्रीय सदस्य राजकुमार गुरुङ, वैकल्पिक सदस्य देवेन्द्र सामाङ, झापा जिल्ला सचिव बानिरा मेचेको उपस्थितिमा प्रमुख अतिथिको हातबाट टीका ग्रहण गराई कार्यक्रम अौपचारिक रुपमा सम्पन्न भएको छ । मेचिनगर ३ र १५ मा केन्द्रीय सदस्य मेलिना तामाङको प्रमुख अातिथ्यता साथै १ नं. प्रदेश सभाका सचिव सागर राईको विशिष्ट अातिथ्यता र नगर सभाको पदाधिकारीहरुको  अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी एमएनअो भद्रपुरनगर सभाले पनि श्रीजङ्गा हाटबजारमा संगठनको केन्द्रीय सदस्य श्याम लिम्बू र जिल्ला कोषाध्यक्ष बिरबल योङहाङको उपस्थितमा कालो टीका लगाई कथित हिन्दुहरुको चाड विजय दशमी बहिष्कार गरेको छ । त्यस्तै बुद्धशान्ति गाउँ सभाले पनि संगठनका केन्द्रीय सदस्य अकल तामाङ र प्रदेश तथा जिल्ला सभाको पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ भने कमल गाउँ सभा र दमक नगर सभाले पनि संयुक्त रुपमा कालो टीका लगाई अौपचारिक रुपमा कार्यक्रम सञ्चालन गरि कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ।

झापाको विभिन्न ठाउँमा कथित दशैं बहिष्कार कार्यक्रम सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्