Bijayaraj Limbu | 22 फेब्रुअरी 2025
कमल-४ सिदार्थ टोलमा MNO द्वारा मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न ।
कमल/झापा दिनांक 21 February 2025 फाल्गुन ९ गते शुक्रबारको दिन मंगोल नेशनल अर्गनाइजेशन कमल वाड नं ४ सभाको विशेष आयोजनामा “गाँउ गाँउ जाऔं, मुलवासी मंगोल जगाऔँ-अस्तित्व बचाऔँ” अभियान अन्तर्गत मंगोल नेशनल अर्गनाइजेशनको देश व्यापी राष्ट्रिय अभियान अन्तर्गत एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम कमल-४ स्थित सिदार्थ टोलमा सम्पन्न भएको छ।
एमएनओ कमल वार्ड नं-४ सभाका अध्यक्ष विन्दा राई राईकोे सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम एमएनओ केन्द्रीय सभा सदस्य राजेन्द्र चेम्जोङ लिम्बुकोे प्रमुख आतिथ्यता साथै एमएनओ झापा जिल्ला सदस्य हिजन हिराहाङ राईको विशिष्ट आथित्यता र झापा जिल्ला सदस्य जनक घिसिङ तामाङकोे पनि उपस्थिति रहेको थियो ।उपस्थितीमा एमएनओ कमल गाँउ सभा अध्यक्ष होम ब.राई , (प्रचार प्रसार सचिव)राम लाल राई , चन्दा तामाङ (कोसाध्यक्ष), सदस्य विन्द्रा प्रसाद राईको पनि उपस्थिति साथै आफ्नो मन्तब्य हरु प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा प्रशिक्षककोे रूपमा एमएनओ केन्द्रीय सभा सदस्य राजेन्द्र चेमजोङ ज्यूले मंगोल अस्तित्व र मानव वर्ण बारे महत्वपूर्ण जानकारी दिंदै मंगोल नेशनल अर्गनाइजेशनको मंगोलवाद सम्बन्धी संगठनको राजनैतिक धरोहर, राजनीतिक इतिहास,एजेण्डा र धारणाहरु बारे स्पष्ट बताउनु भएको थियो । एमएनओ कमल गाँउ सभाका सचिव रन्जन चाम्लिङले कार्यक्रम सञ्चालन गरेका थिए l
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology