Mongol Vision | 4 अप्रिल 2025
कमल/झापा, आज दिनांक 4th April 2025 शुक्रबारको दिन एमएनओ कमल वार्ड नं ५ कोे विशेष आयोजनामा कमल -५ गेटबान स्थित कार्यकर्ता भेटघाट तथा एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम एमएनओ कमल वार्ड नं ५ सभाको अध्यक्ष उर्दिरज कुलुङ राईकोे सभाध्यक्षतामा एवम् एमएनओ झापा जिल्ला सभा प्रचार प्रसार सचिव विजयराज लिम्बुको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा अतिथिहरु एमएनओ झापा जिल्ला सभा सदस्य प्रेम आङबुहाङ लिम्बु ,हिजान राई लगायत एमएनओ कमल गाउँ सभा अध्यक्ष होम ब.राई कोे उपस्थिति रहेको थियो।
मंगोलवाद विषयमा अतिथिहरु द्वारा संगठनको धारण र आफ्नो महत्वपूर्ण भनाई राख्नुभएको उक्त कार्यक्रम एमएनओ कमल वार्ड सभा ५ का सचिव अर्जुन चन्द्र राईले कार्यक्रम सञ्चालन गरेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology