शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा कालो दशै बहिष्कार

Mongol Vision News | 9 अक्टोबर 2019

झापामा कालो दशै बहिष्कार

झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा झापा जिल्लाभर बृहत रूपमा कथित कालो दशै बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । यस देशका अहिन्दु मुलवासी मंगोलहरुको पतनको दिन विदेशी खसआर्य हिन्दु बाहुनक्षेत्रीहरुको विजय शुरूवात भएको दिन कथित विजय दशै अहिन्दु मुलवासी मंगोलहरुको निम्ति कालो दिन थियोे । यसर्थ जव यो मंगोल भुमिमा समस्त अहिन्दु मुलवासी मंगोलसमुदायको निम्ति राजनैतिक चेतनाको ज्योति बनेर युगपुरुष अमर डा गोपाल गुरुङ ज्युको जन्म भयो । तव वहाँको पवित्र मंगोल दर्शन गाउँ- बस्ती कुना- कन्दरामा फैलिन थाल्यो । अहिले जहाँ डा गोपाल गुरुङज्युले प्राणको बाजी थापेर भद्रगोल जेलभित्र खोल्नु भएको संगठन मंगोल नेशनल अर्गनाइजेशन पुगेको छ । त्यहाँ हाम्रो मंगोल पुर्खाको टाउको छिनाली विजय उत्सव मनाउदै आएको कथित कालो दशै (हिन्दुआर्यको विजय उसत्व ) शसक्त रूपमा बहिष्कार गर्दै आएका छन् । यो वर्ष मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले विभिन्न ठाउँमा कालो दशै बहिष्कार गरेको छ । मेचिनगरसभाको इट्टाभटा र बुद्धशान्ति गाउँ पालिकाको बुधबारेबाट शुरुभएको र्याली चाराअली हुँदै सदरमुकाम चन्द्रगडी भद्रपुर परिक्रमा गरि सिरिजंगा चोकमा पहिलो कोणसभा भएको थियो भने त्यसपछि सगरमाथा चोक , सोमबारे चोकहुँदै भद्रपुर नगरपालिका वार्ड न १ स्थित हिमाली चोकमा पुगि बृहत कोणसभामा परिणत भएको थियो । उक्त बृहत कोणसभाका सभादक्ष्य झापा जिल्ला सभाका अध्यक्ष लासिमहाङ्ग मंगोल हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा केन्द्रिय सदस्यहरु श्याम लिम्बु , ज्योतिमान राइ ,मंगोलसिंह लिम्बु , अनिता तामाङ ,यामकुमारी लिम्बु , दिलवरी राई हुनुहुन्थ्यो । यस्तै केन्द्रिय सल्लाहकारहरु दिल बहादुर लिम्खिम , धन बहादुर राई , पदम नेम्वाङ र प्रदेशबाट भाष्कर चाम्लिङ ,सत्यकला नेम्बाङ,खड्ग स्याङ्बो बुधमाया लिम्बुको पनि उपस्थिति थियो । हिन्दु आर्यको विजय तथा अहिन्दु मुलवासी मंगोलहरुको दुर्दिन कालो दशै बहिष्कार कार्यक्रमलाई झापा जिल्ला सभाका सचीव वानिरा मेचेले संचालन गरेकी थिइन ।

 

झापामा कालो दशै बहिष्कार

यस्तै कमल गाउँपालिका र इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले पनि संयुक्तरूपमा कालो दशै बहिष्कार गरेका छन् । कमल गाउपालिकाको सितापुरीबाट शुरुभएको र्याली ब्याङ्गडाँडा , मंगलबारे , पाडाजुँगी हुँदै चुलाचुलीस्थित मंगलसिंह बजार , आइतबारे चोक ,मंगोलचोकबाट सिम्लेमा पुगि कोणसभामा परिणत भएको थियो । उक्त कोणसभाहरुमा एमएनओ केन्द्रिय सचीव सन्तोष तामाङ , प्रचारप्रसार सचीव मणि पापो , सर्वोच्च सभा सदस्य सान बहादुर मेचे , केन्द्रिय सर्वोच्च सभा सदस्य अकल बहादुर तामाङ , प्रदेश १ का सचिव सागर राइ , राजेन्द्र चेम्जोङ्ग र कमल गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लिम्बुले कालो दशैको विरोध बारेमा प्रस्ट्याएका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्