बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा कार्यकर्ता प्रशिक्षण

mongolvision | 8 फेब्रुअरी 2022

झापामा कार्यकर्ता प्रशिक्षण


           झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा एकदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । 
           उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा झापाकी अध्यक्ष बानिरा मेचेको सभाध्यक्षतामा एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिहरु एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङ, प्रवक्ता दिलिप धिमाल, वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा केन्द्रिय सर्वोच्च सभाका सदस्यहरु राज कुमार गुरुङ, सान मेचे, केन्द्रिय सदस्य मेलिना तामाङ, केन्द्रिय सल्लाहकार पदम नेम्बाङ, १ नं. प्रान्तीय सभाका सदस्यहरु रुद्र राई, लासिमहाङ मंगोल, श्री प्रसाद लिङ्खिम , इलाम जिल्ला सभाका सदस्यहरु चन्द्र केरुङ र सुन्दर वजी रहनुभएको थियो। साथै कार्यक्रममा मिडियाकर्मीहरु मंगोल अन्लाईन टिभिका पत्रकार अर्जुन लोवा, मंगोल मिडिया हबका पत्रकार बिजयहाङ लिम्बू र हिडन फ्याक्टका पत्रकार पूर्णहाङ लिम्बूको पनि आतिथ्यता रहेको थियो । 
            कार्यक्रममा अतिथिद्वय सान मेचे, राज कुमार गुरुङ, विशिष्ट अतिथिद्वय दिलिप धिमाल र सन्तोष तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई नेपाल र अन्तरास्ट्रिय जगतको समसामयिक विषयमा कार्यक्रमका प्रमुख अतिथि संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले प्रशिक्षण प्रदान गर्नुभएको थियो । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसंगै प्रमुख अतिथि मेचेले चुनावलाई लक्षित गरेर गणीतीय नतिजा ल्याने किसिमले अगाडि बढ्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला सदस्य शिखा लिम्बूले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सभा सचिव सागर दर्जीले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्