शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

mongolvision | 14 जनवरी 2022

झापामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


     झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा मंगोल रिसर्च सेन्टरको सभाहलमा एकदिने कार्यकर्ता  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा झापाको अध्यक्ष बानिरा मेचेको सभाध्यक्षतामा एवं एम. एन. ओ. प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रिय सचिव सन्तोष तामाङ रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा केन्द्रिय सदस्यहरु सान मेचे, श्याम लिम्बू, मेलिना तामाङ , केन्द्रिय सल्लाहकार पदम नेम्बाङ, १ नम्बर प्रान्तीय सभा सचिव सागर राई, सदस्यहरु देव नारायन धिमाल, लासिमहाङ मंगोल, श्री प्रसाद लिङ्खिम, फूलमान तामाङ, ओखलढुंगा जिल्ला सभा अध्यक्ष बजेन्द्र अम्बुले, इलाम जिल्ला सभा सदस्य चन्द्र केरुङ रहनुभएको थियो । 
          कार्यक्रमकै अवसर पारेर जिल्ला सभा झापाले निलम राई, चन्द्रमाया योङहाङ र पूजा मगरलाई सदस्य पदमा नियुक्त गरेको छ । नवनियुक्त जिल्ला सदस्यहरु र जिल्ला सभा झापाबाट सिफारिस भइ १ नम्बर प्रान्तीय सभामा नवनियुक्त लासिमहाङ मंगोल, श्री प्रसाद लिङखिम, फूलमान तामाङ र राजकुमार लावतीलाई कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले खदा लगाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । 
        कार्यक्रममा अतिथिहरु फूलमान तामाङ, श्री प्रसाद लिङखिम, लासिमहाङ मंगोल, श्याम लिम्बू, सान मेचे र विशिष्ट अतिथि सन्तोष तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युले कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा मंगोल नेशनल अर्गनाइजेशको ३३ औँ स्थापाना दिवस संगै संगठन वयस्क बनिसकेको कुरा दर्शाउदै अबको समय सम्पूर्ण एम. एन. ओ. का नेताहरु समग्र नेपाली जनताहरुको नेता बन्ने समय आइसकेकोले  चुनावलाई लक्षित गरेर सक्रियताका साथ अघि बढन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशित गर्नुभयो। जिल्ला सभा झापा भित्रका नेता तथा कार्यकर्ताहरुको उपाथितिमा सम्पन्न उक्त कार्यक्रममा   जिल्ला सभा झापाका सहसचिव भरत राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सागर दर्जीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्