सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

mongolvision | 1 अप्रिल 2022

झापामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न


झापा / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापाको आयोजनामा एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आसन्न स्थानीय तहको निर्बाचन २०७९  लाई ध्यानमा राख्दै बिहिवार चैत १७ गते झापाको धुलाबारी स्थित उद्योग वारिज्य संघको सभा हलमा संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यतामा उक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको बिशिस्ट अतिथिहरुमा केन्द्रिय सचिब सन्तोष तामाङ , प्रवक्ता दिलिप धिमाल र वरिष्ठ केन्द्रीय सदस्य शान्ती लाल धिमाल रहनु भएको थियो । कार्यक्रम लाई प्रमुख अतिथि मेचेले सहभागीहरु लाई चुनावमा कसरी जाने , के कस्ता रणनीति अपनाउनु पर्ने र एम एनओले कसरी जित हासिल गर्दैछ भन्ने बारेमा लिखित रुपमा प्रशिक्षण प्रदान गर्नु भयो ।त्यस्तै उहाले नेता कार्यकर्ताहरु लाई ससक्त रुपमा चुनाबी कार्यक्रम लाई अगाडि बढाउन पनि निर्देशन दिनु भयो ।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचीव सन्तोष तामाङ , वरिष्ठ केन्द्रीय सदस्य शान्ति लाल  धिमाल , केन्द्रीय सदस्य श्याम लिम्बू , १ न प्रान्तीय सभाका सचिब सागर राई लगायतले स्थानीय तहको निर्बाचनमा के कसरी जादा जित हासिल गर्न सकिन्छ भन्ने बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्थानीय तहको चुनाबमा एम एनओको तर्फ बाट झापाको विभिन्न गाउँ पालिका , नगर पालिका तथा वडा पालिकामा उमेदवार दिनु हुने नेताहरु लाई प्रमुख अतिथी मेचेले खदा लगाइ जितको अग्रिम शुभकामना दिनु भएको थियोे । कार्यक्रममा स्थानीय तहाको चुनाव लाई  लक्षित गरेर झापा जिल्ला सभाका अध्यक्ष बानिरा मेचेको संयोजकमा जिल्ला स्तरीय चुनाव प्रचार प्रसार सभा गठन गरिएको छ ।
  झापा जिल्ला सभाका अध्यक्ष बानिरा मेचेको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरु  अकल तामाङ , मेलिना तामाङ , दिलवरी राई , मंगलसिह लिम्बू , बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र राई , केन्द्रीय सल्लाहकार पदम नेम्बाङ, १ न प्रान्तीय सभाका पदाधिकारीहरु , जिल्ला सभाका पदाधिकारी र गाउँ नगर सभाका पदाधिकारीहरुको बाक्लो उपस्थित रहेको थियो ।  जिल्ला सदस्य शिखा लिम्बूले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सचिब सागर दर्जीले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्