शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा तीन दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

mongol vision | 25 फेब्रुअरी 2021

झापामा तीन दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा तीन दिने नेतृत्व विकास सम्बन्धी बन्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । झापाको मेचीनगर नगरपालिका वाड नम्बर २ मा रहेको बहुप्रतिष्ठ मंगोल रिसर्च सेन्टरको सभा हलमा 23, 24 र 25 फेब्रुअरि अर्थात फागुन ११, १२ र १३ गते सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । झापा जिल्ला सभाको अध्यक्ष लासिम हाङ मंगोलको अध्यक्षता एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यता, केन्द्रिय प्रवक्ता तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका सम्पादक दिलिप धिमाल र मुख्य प्रशिक्षक केन्द्रिय सदस्य एवं केन्द्रिय कार्यलय सचिव रिन्छेन दोर्जे तामाङको विशेष आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी मेचेले सहभागीहरुलाई शुभकामना दिनुहुँदै आफुले सिकेको कुराहरु अरुलाई सिकाउन तयार हुन सबैलाई अनुरोध गर्नु भयो । तपाईंहरु जति कुराहरु यहाँ सिक्नु हुन्छ, त्यसलाई मंगोल लोकसमुदायहरुलाई बुझाउनु पर्छ भन्दै अब एक सच्चा मंगोल नेता भएर अगाडि बढनु पर्ने बेला आएको उहाँले बताउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक रिन्छेन दोर्जे तामाङले सफल नेतृत्व गर्ने ब्यक्तिमा के कस्तो गुणहरु हुनु आवश्यक पर्छ, के कस्तो दायित्व बहन गर्नु पर्छ, मंगोल नेता बन्न के कस्तो कुराहरुमा ध्यान दिनु पर्छ लगायतका कुराहरु तीन दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थिहरुलाई सिकाउनु भएको थियो ।

झापामा तीन दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

कार्यक्रमको अन्तिम दिन सहभागीहरुले तीन दिने बसाइको अनुभव सुनाएका थिए । सोही अवसरमा प्रेसिडेन्ट बुद्धलाई मेचेले प्रबास सभा भारत मेघालयका अध्यक्ष मिता मोक्तानद्वारा लिखित कबिता संग्रह मुल बाटोको बिमोचन गर्नु भएको थियो भने प्रबास सभा युएईले संगठनका केन्द्रिय सचिव सन्तोष तामाङ र केन्द्रिय प्रवक्ता दिलिप धिमाललाई प्रदान गरेको मायाको चिनो प्रेसिडेन्ट बुद्धलाल मेचे र युएई अध्यक्ष अमर धिमालले संयुक्त रुपमा उहाँहरुलाई प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सम्पुर्ण प्रशिक्षाथिहरुलाई कार्यक्रमका प्रमुख अतिथी बुद्धलाल मेचे, केन्द्रीय सचिब सन्तोष तामाङ, वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल, केन्द्रिय प्रवक्ता दिलिप धिमाल र मुख्य प्रशिक्षक रिन्छेन दोर्जे तामाङ र सभाध्यक्ष लासिम हाङ मंगोल लगायतले कदर पत्र प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा झापा जिल्लाका विभिन्न स्थानीयका नेता कार्यकर्ताहरु , प्रबास सभा युएइका अध्यक्ष अमर धिमाल, मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावा, चुलाचुली गाउँपालिका ईलामका अध्यक्ष चन्द्र केरुङ लगायत ५० जनाको सहभागी रहेको थियो । कार्यक्रममा केन्द्रीय सचिव सन्तोष तामाङले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभा सचिव बानिरा मेचेले सञ्चालन गरेकि थिइन्।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्