बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा विरोध र्‍याली सहित एम. एन. ओ. ले निर्वाचन कार्यालयमा बुझायो ज्ञापनपत्र

mongolvision | 20 फेब्रुअरी 2022

झापामा विरोध र्‍याली सहित एम. एन. ओ. ले निर्वाचन कार्यालयमा बुझायो ज्ञापनपत्र


झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो  चुनाव चिन्न लिइ भाग लिन  पाउनुपर्ने  माग सहित चन्द्रगढी स्थित रहेको जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको
छ । 
२० फेब्रुअरी २०२२ का दिन  झापा जिल्ला अन्तर्गतका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको विद्युत प्राधिकरणको पुर्वी भागमा रहेको खेलमैदानमा भएको उपस्तिथितिले र्‍यालीको रुप लिदै जिल्ला प्रशासन कार्यलयको परिक्रमा गर्दै निर्वाचन आयोग अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोणसभालाई   संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य श्याम लिम्बूले सम्बोधन गर्दै मंगोल  नेशनल  अर्गनाइजेशनले निरन्तर  लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तीयतालाई  संरक्षण गर्दै  ८० प्रतिशत  मुलबासी मंगोलको अस्तित्व र अधिकारको निम्ति  लड्दै सम्पुर्ण  जनताको हितमा  काम  गर्दै  आएकोले आम  जनताले  आफुले रोजेर  चुनाव चिन्हमा भोट हाल्न पाउने लोकतान्त्रिक अधिकारलाई  निर्वाचन आयोगले कुन्ठित पार्न खोज्नु नहुने बताउनु भयो । कोणसभा जिल्ला अध्यक्ष बानिरा मेचेले उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई, प्रशासन र पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्दै विसर्जन गर्नुभएको थियो भने उक्त कोणसभा जिल्ला सचिव सागर दर्जीले सञ्चालन गरेका थिए ।

झापामा विरोध र्‍याली सहित एम. एन. ओ. ले निर्वाचन कार्यालयमा बुझायो ज्ञापनपत्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्