बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा विविध कार्यक्रम बीच युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको ८४औं जन्मदिवस सम्पन्न

Mongol Vision News | 28 जूलाई 2019

झापामा विविध कार्यक्रम बीच युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको ८४औं जन्मदिवस सम्पन्न

झापा / मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेण्ट युगपुरुष अमर डा.गोपाल गुरुङज्युको ८४औं जन्मोत्सव विभिन्न कार्यक्रम माझ झापाको धुलाबारी स्थित मेची बाणिज्य संघको सभाहलमा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभा र मेचिनगर नगरसभाको संयुक्त आयोजनामा सम्पन्न उक्त जन्मोत्सव कार्यक्रममा विभिन्न गाउँसभा नगर सभाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरी झापाको भद्रपुर नगर सभा, कमल गाउँसभा बुद्धशान्ती गाउँ सभा लगयातका सभाहरुले पनि सभ्य र भव्यताका साथ जन्मोत्सव मनाएको थिए । झापा जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यता रहेको थियो भने संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ र प्रवक्ता दिलिप धिमालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य साथै गायन प्रस्तुतिहरु पनि रहेको थियो । झापाको विभिन्न सभाहरुबाट उपस्थिति रहेको जन्मोत्सव कार्यक्रममा प्रदेश नम्बर एक सभाका अध्यक्ष भाष्कर चाम्लिङले मन्तव्य राखेका थिए । त्यस्तै मन्तव्यकै क्रममा विशिष्ट अतिथी सन्तोष तामाङले पनि मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा तामाङले नेपालमा आज नाम मात्रको लोकतन्त्र रहेको तर भित्री रुपमा राजतन्त्र, राणातन्त्र रहेको बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युले युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको जन्मोत्सवको अवसरमा उहाँसंग बिताएका ऐतिहासिक दिन र तथ्यहरुबारे प्रष्ट पार्नु भएको थियो ।

झापामा विविध कार्यक्रम बीच युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको ८४औं जन्मदिवस सम्पन्न

युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको दुईवटा भ्रमित जन्मदिन आएको कुरा प्रष्ट पार्नुहुँदै उहाँको वास्तविक जन्म मिति सन 27 July 1935 रहेको बताउनु भयो । हिजो युग पुरुष अमर डा.गोपाल गुरुङज्युले पत्रकारिता मार्फत चिर निन्द्रामा हराइ रहेका नेपालका अहिन्दु मुलवासी मंगोल समुदायलाई ब्युँझाउन आधिकारिक रूपमा उहाँद्वारा संचालित पत्रीका न्युउलाइट र थन्डरबोल्ड दर्ता गर्न नागरिकता आवश्यक भएकोले बनाउने क्रममा भुत राजा महेन्द्रको सिफारिसमा बनेको नागरितामा उल्लेखित जन्म मिति वास्तवीक मिति नभएको र वहाँको आफ्नो विभिन्न पुस्तकहरुमा उल्लेख गर्नुभएको मिति नै सहि भएको कुरा पनि उहाँले प्रष्ट पार्नुभयो। काम चलाउ नागरिकता हेरेर आफु बिरामी परेको बेला मेरो बारेमा खोज अनुसन्धान गर्नेहरुले गलत जन्म मितिलाई आधार बनाएको र सो बिषयले भोली विवाद आउन सक्ने भन्दै सबैलाई स्पष्ट पार्न गोपाल दाइले आफुलाई सुझाएको कुरा पनि उक्त कार्यक्रममा प्रमुख अतिथि मेचेले उल्लेख गर्नु भएको थियो । मन्तव्यकै क्रममा उहाँले हिजो एमएनओ र युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको विषयमा अमेरिकाबाट थेसिस गर्ने सोधकर्ता Susan I Hangen लाई पनि सन 27 July 1935 नै आफ्नो जन्ममिती पठाउनु भएको कुरा बताउनु भयो । पछिल्लो समयमा उहाँ विरामी भए पछि विवादित मिति 7 डिसेम्बर 1939 आएको कुरा प्रष्ट पार्नु हुँदै उक्त मिति युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले अगाडी ल्याउन नखोज्नु, नरुचाउनु भएता पनि षड्यन्त्र पुर्वक उक्त मिति बाहिर भ्रमित रुपले आएकोले उक्त मिति प्रति भ्रमित नपर्न सबैलाई आह्वान गर्नुभयो । कार्यक्रम झापा जिल्ला सभाका प्रचारप्रसार सचिव भरत राईको स्वागत मन्त्यब्य संगै शुरूवात भएको कार्यक्रममा मेचिनगर सभा भित्रका ३ वृद्ध सुभेक्छुकहरु धिता मुण्डा ,चन्द्रमान राइ र के बि गुरुङलाई प्रमुख अतिथि मेचेले खदा ओढाइ सम्मान समेत गर्नु भएको थियो । मंगोल गायक तथा केन्द्रिय सदस्य मंगोलसिंङ लिम्बुले मंगोल गीत प्रस्तुत गर्दा नाच्ने गाउने ताली बजाउनेहरुको रमझमले हल पुरै तताएको थियो भने दुरदर्शि राजनीतिज्ञ अमर डा गोपाल गुरुङज्युको जन्मले तमाम मुलवासी मंगोलहरु हर्षित भएका छन् भन्ने आभाष तुल्याएको थियो । झापा जिल्ला भित्र रहनुभएका प्रदेश नं १ का सदस्यहरू , केन्द्रिय सदस्य र सल्लाहकारहरुको उपस्थिति रहेको जन्मोत्सव कार्यक्रमलाई एमएनओ मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जिले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्