बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापा/दमकमा MNO द्वारा मंगोलवाद प्रशिक्षण कार्यक्रम तिब्र...

Bijayaraj Limbu | 1 अप्रिल 2025

झापा/दमकमा MNO द्वारा मंगोलवाद प्रशिक्षण कार्यक्रम तिब्र...

दमक/ झापा ,दिनांक 31 March 2025 सोमबारको दिन मंगोल नेशनल अर्गनाईजेशन दमक नगर सभाको आयोजनामा मंगोल वाद सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ l 

 

उक्त कार्यक्रम एमएनओ दमक नगर सभा अध्यक्ष सान्ता देवी राई ज्यू को सभाध्यक्षतामा एवंम एमएनओ केन्द्रिय सभा सदस्य राजेन्द्र चेम्जोङ ज्यू को प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अथितिको रूपमा एमएनओ कोशी प्रान्तीय सभा सदस्य सम्झना राईको उपस्थिति थियो।

 

कार्यक्रममा प्रशिक्षककोे रूपमा एमएनओ कोशी प्रान्तीय सभा सदस्य दिलु सुब्बा रहनु भएको थियो l प्रमुख अथिति एमएनओ केन्द्रीय सभा सदस्य राजेन्द्र चेमजोङ ज्यूले मंगोल अस्तित्व र मानव वर्ण बारे महत्वपूर्ण जानकारी दिंदै मंगोल नेशनल अर्गनाइजेशनको मंगोलवाद सम्बन्धी संगठनको राजनैतिक धरोहर, राजनीतिक इतिहास,एजेण्डा र धारणाहरु बारे स्पष्ट बताउँदै नेपाली राजनीतिमा लोकतन्त्रलाई बलियो रमजबुत बनाउन एक मात्र संगठन रहेको र नेवाली जनता, लोक समुदायले अबको समय मंगोल नेशनल अर्गनाईजेशनलाई विश्वास गरेर जिम्मा दिने निश्चित रहेको कुरा छर्लङ्ग पार्दै MNO धैर्य गरेर अगाडि बढेको कुराहरू बताउनु भएको थियो।

 

एमएनओ दमक नगर सभा सचिव पेमा दोर्जे तामाङ ज्यू ले सञ्चालन गरेका उक्त कार्यक्रम एमएनओ दमक नगर सभा कोष अध्यक्ष दिल माया तामाङले स्वागत मन्तव्य राखेका थिए।

झापा/दमकमा MNO द्वारा मंगोलवाद प्रशिक्षण कार्यक्रम तिब्र...

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्