बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रेको बेथानचोक गाउँ पालिकामा एम एनओ

mongolvision | 3 नोभेम्बर 2021

काभ्रेको बेथानचोक गाउँ पालिकामा एम एनओ


काभ्रे / काभ्रेको बेथानचोक गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेशनको तदर्थ गाउँ सभा गठन भएको छ ।
कात्तिक १६ गते संगठनका केन्द्रिय सदस्य रिन्छेन तामाङको प्रमुख  आतिथ्यतामा भएको एक कार्यकमका बीच  रामचन्द्र ग्याबाकको अध्यक्षता मा १३ सदस्यीय तदर्थ गाउँ सभा गठन भएको हो ।  तदर्थ गाउँ सभाको सचिब , कोषाध्यक्ष मा  क्रमश सुधा ग्याबक र अजय मगर रहनु भएको छ । त्यस्तै सदस्यहरुमा राधिका स्यातान ,सम्झना स्यातान , माया दोङ ,समन तितुङ ,लिलाराज ग्याबक ,सुरज ग्याबक ,दिनेश तितुङ,बाङ्चु तितुङ  ,सन्त बहादुर स्यातन र राजु बाइबा रहेका छन ।  नब गठित तदर्थ गाउँ सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
बेथानचोक गाउँ पालिकाको वाड न २ को ढुङ्खरक चोकमा भएको कार्यक्रमकै अवसर पारेर केन्द्रिय सदस्य तथा कार्यक्रम प्रमुख अतिथी रिन्छेन तामाङ सहभागीहरु लाई मंगोलवाद बारेमा प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोल दर्शन र एम एनओको सिद्धान्त बारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा काभ्रे जिल्ला सभाका अध्यक्ष कलम लोप्चन ,सुरेन्द्र तामाङ नुवाकोट जिल्ला सदस्य ,काभ्रे जिल्ला सदस्यहरु अकल तामाङ ,चन्द्त तामाङ ,जनक तामाङ , तेमाल गाउँ सभा अध्यक्ष दुर्गालाल तामाङ लगायत बेथानचोक गाउँ पालिकाको स्थानीय बासिहरुको उल्लेखनीय उपस्थित रहेको थियो । सन्त बहादुर तामाङले स्वागत मन्तव्य राख्नु भएको राख्नु भएको कार्यक्रम  देवराज लामाले संचालन गरेका थिए ।

काभ्रेको बेथानचोक गाउँ पालिकामा एम एनओ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्