आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रेको नव बुद्ध नगरमा मंगोलको खुल्ला सभा

Mongolvision | 30 सेप्टेम्बर 2021

काभ्रेको नव बुद्ध नगरमा मंगोलको खुल्ला सभा


काभ्रे / मंगोल नेशनल अर्गनाइजेशन नवबुद्ध नगर सभाको आयोजनामामा एक दिने खुल्ला मंगोल सभा कार्यक्रम सम्पन्न भएको छ ।
    ३० सेक्टेम्बर  बिहीबार काभ्रे जिल्लाको नवबुद्ध नगर पालिका वाड न ८ पिपलटार स्थित सेती देभी आधाभुत बिधालयको प्रागढण  संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा उक्त खुल्ला मंगोल सभा कार्यक्रम सम्पन्न हो । कार्यक्रमको बिशिस्ट अतिथीमा केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङ , अतिथिहरुमा बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष कुमार तामाङ , गण्डकी प्रान्तीय सभाका सल्लाहकार तथा गोर्खास टेलिभिजनका प्रमुख देब थापा मगर ,काभ्रे जिल्ला सभा अध्यक्ष कमल तामाङ , नुवाकोट जिल्ला सभा सदस्य सुरेन्द्र तामाङ  लगायत रहनु भएको थियो ।
खुल्ला मंगोल सभा कार्यक्रममा सम्बोधन गर्ने क्रममा कार्यक्रममा प्रमुख अतिथि तामाङले मंगोलवाद दर्शनले मात्र दिगो शान्ति र बिकास गर्न बताउनु भयो । त्यस्तै उहाले एम एनओले यहाँ तमाम अहिन्दु मुलबासी मंगोलहरुको निम्ति बोल्ने र लडने भएकाले मंगोलहरु यसैमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
    कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि रिन्छेन तामाङले मंगोलवाद दर्शन र डा गोपाल गुरुङले उठाउनु भएको माग र मुद्दाबारेका जनसमुदायहरु लाई आफ्नो मन्तव्य  मार्फत बताउनु भयो। कार्यक्रममा गण्डकी प्रान्तीय सभा सल्लाहकार देब थापा, बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष कुमार तामाङ , जिल्ला सभा काभ्रेका अध्यक्ष कमल तामाङ , सदस्य अक्कल तामाङ र जिल्ला सभा सदस्य सुरेन्द्र तामाङ लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो । लनाम तामाङको अध्यक्षतामा सम्पन्न भएको खुल्ला सभा कार्यक्रममा स्थानीय मंगोल लोक समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । यसै बीच खुल्ला सभाकै अवसर पारेर देबराज योजन को अध्यक्षतामा ११ सदस्य नवबुद्ध नगर पालिका वाड न ८  तदर्थ वाड सभा गठन गरिएको छ । वाड सभाको सचिब , कोषाध्यक्षमा र सह सचिबमा जितलाल तामाङ , लनाम तामाङ र  भिम बा तामाङ रहनु भएको छ भने सदस्यहरुमा क्रमश चन्द्र बा तामाङ , माइला लामा, राम लामा , चन्द्रमाया तामाङ , बुद्धिमाया तामाङ , करुणा तामाङ र कमल लामा रहेका छन । नव गठित वाड सभा पदाधिकारीहरु लाई कार्यक्रममाका प्रमुख अतिथि केन्द्रीय सचिब सन्तोष तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्