आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रे तेमालको माउरेमा मंगोल सभा सम्पन्न

mongol vision | 4 मार्च 2021

काभ्रे तेमालको माउरेमा मंगोल सभा सम्पन्न

काभ्रे/ काभ्रेको तेमाल गाउँ पालिका २ माउरेमा मंगोल नेशनल अर्गनाइजेशनको मंगोल सभा सम्पन्न भएको छ । बुधबार एम एनओ तेमाल गाउँ सभा अध्यक्ष कमल तामाङको अध्यक्षता र संगठन केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य सान बहादुर मेचेको बिशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङले बर्तमान समयमा मंगोलवाद महत्त्व बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाँले अबको विकल्प मंगोल नेशनल अर्गनाइजेशन मात्र भएकोले सम्पुर्ण मंगोल लोक समुदायहरुलाई एम एनओमा आवद्ध हुन आह्वान गर्नु भएको छ । सभामा विशिष्ट अतिथि सान बहादुर मेचेले लिखित रुपमा मंगोल दर्शन बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

काभ्रे तेमालको माउरेमा मंगोल सभा सम्पन्न

कार्यक्रममा केन्द्रिय सदस्य एबम् केन्द्रिय कार्यलय सचिव रिन्छेन तामाङ, केन्द्रिय सदस्य श्याम लिम्बूले पनि मन्तव्य राख्नु भएको थियो । स्थानीय माउरेका मुलबासी मंगोल समुदायहरुको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा ओखलढुंगा माने भञ्ज्याङ् गाउँ सभा अध्यक्ष विशाल थापा मगर, नमोबुद्ध गाउँ अध्यक्ष बिरु तामाङ लगायतको पनि उपस्तिथि रहेको थियो । सुसन तामाङले स्वागत मन्तव्य राख्नु भएको सभालाई बाग्मती प्रदेश सभाका कोषाध्यक्ष कुमार तामाङले सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्