शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रे तेमालमा प्रशिक्षण सम्पन्न

mongol vision | 17 मार्च 2021

काभ्रे तेमालमा प्रशिक्षण सम्पन्न

काभ्रे/ मंगोल नेशनल अर्गनाइजेशनको गाउँ गाउँ जाउँ, मूलबासी मंगोल जगाउँ, अस्तित्व बाचाउँ भन्ने मूल नारालाई आत्मसाथ गर्दै काभ्रे, तेमाल गाउँपालिका सभाको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नर बहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता संगठनको केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । कार्यक्रममा रसुवा जिल्ला सभाका अध्यक्ष बिकास तामाङ, काभ्रे जिल्ला सभाका अध्यक्ष कमल तामाङ, मंगोल गायक कृष्ण तामाङ लगायतको उपस्थिति रहेको थियो ।

काभ्रे तेमालमा प्रशिक्षण सम्पन्न

कार्यक्रममा प्रमुख अतिथी तामाङले सभ्य समाज र परिस्कृत समाज निर्माण गर्नको लागि युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको वैचारिक क्रान्तिमा ऐक्यबद्दता जनाएर आगामी निर्वाचनमा एम एनओलाई चिनेर मत दिनुपर्ने कुरामा जोड दिनु भएको थियो । अतिथी द्वयले मंगोल समुदायको वास्तविक ईतिहास र एम एनओको भुमिकाको बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम दुर्गालाल तामाङको स्वागत मन्तब्यबाट सुरु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्