मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कालो चिन्ह लगाई बेनीबजार परिक्रमा गरी दशै बहिस्कार

Mongol Vision News | 15 अक्टोबर 2021

कालो चिन्ह लगाई बेनीबजार परिक्रमा गरी दशै बहिस्कार

म्याग्दी, १५ अक्टुवर २०२१
कथित नेपालीहरुको महान चाडँ विजया दशमीको दिन मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आयोजनामा म्याग्दीको सदरमुकाम वेनीबजारमा कथित दशै बहिस्कार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित मंगोल नेशनल अर्गनाईजेशनका नेता कार्यकर्ताहरुले आ–आफै कालो चिन्ह निधारमा बहिस्कार स्वरुप लगाई ¥याली समेत गरिएको थियो ।
मौन ¥याली कार्यक्रम एम.एन.ओ. म्याग्दीको कार्यलय बेनीबजारको सहिद स्तम्भ चोकबाट बालमण्दिर, संगमचोक, गणेशटोल, हुदै हस्पिटल चोकबाट क्याम्पसचोक, न्यूरोड हुदै पुनः सहित स्तम्भ चोकमा पुगेर मौन ¥याली कार्यक्रम कोण सभामा परिणत भएको थियो,
 

कालो चिन्ह लगाई बेनीबजार परिक्रमा गरी दशै बहिस्कार

कोण सभामा म्याग्दी जिल्ला सभाका सचिव एलिस रोकामगरले उद्घोषण गर्नु भएको थियो भने कोषाध्यक्ष दिपक पुन, सल्लाहकार नरबहादुर थापा मगरले मन्तव्य तथा भनाईहरु व्यक्त गर्नु भएको थियो, कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी पनि अतिथिको रुपमा सहभागी हुनुभएको थियो, जिल्ला सभाका अध्यक्ष कार्यक्रम समापन गर्दै कथित दशै समस्त ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरुको कालो दिनभएकोले दशैलाई बहिस्कार गर्नुपरेको बताउनु भयो, साथै मन्तव्य राख्ने सम्पुर्ण वक्ताहरुले दशैको औचित्य नभएको र कथित दशैकै दिनबाट मंगोलहरुको भाषा, धर्म,संस्कार, संस्कृति नष्ट हुदै गएको तथा दुरदिन सुरुभएको हुनाले सम्पुर्ण मंगोलहरुको पराजय भएकोले दशै बहिस्कार गर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रमको समापन संगै मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीले बेनी बजार नजिकै रहेको लव्ली हिल पदमार्ग तथा पर्यतकिय स्थल लव्लीहिल सरसफाई अभियान पनी गरेको थियो। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्