mongolvision | 4 फेब्रुअरी 2022
कैलाली / मंगोल नेशनल अर्गनाइजेसन कैलाली जिल्ला सभाको आयोजनामा कैलालीमा एक दिने मंगोलवाद सम्बधी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार माघ २० गते कैलालीको मोहन्याल गाउँ पालिका वडा नम्बर ६ आमगैरामा उक्त एक दिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कैलाली जिल्ला सभाका सदस्य नरेश थापा मगरको सभा अध्यक्षता र सुदुर पश्चिम् प्रान्तीय सभा का अध्यक्ष पदम बहादुर बुढा मगरको प्रमुख आतिथ्य तथा सुदुर पश्चिम् प्रान्तीय सचिव कमल घर्ती मगरको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रम लाई प्रमुख अतिथि र बिशिस्ट अतिथिदयले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाहरुले मंगोल वाद के हो र एम एनओले के चाहन्छ भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा प्रान्तीय सभा सदस्य हरि पुन मगरले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कै अवसर पारेर राजेन्द्र बि क को अध्यक्षतामा १३ सदस्य तदर्थ कमेती टोल सभा समेत गठन पनि गरिएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology