बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कानेपोखरीको घले गाउँमा एम.एन.ओ. को वडा सभा गठन

Lassim Hang Mongol | 23 डिसेम्बर 2018

कानेपोखरीको घले गाउँमा एम.एन.ओ. को वडा सभा गठन

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको विशेष सक्रियतामा कानेपोखरी गाउँपालिका वडा ५ घले गाउँ वडा सभा गठन भएको छ ।
२२ डिसेम्बरका दिन लिला बहादुर घलेको सभाध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमको बीच घले गाउँ वडा सभा गठन भएको हो । जसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः खड्ग बहादुर घले, अजय गुरुङ, भगवती घले र लिला बहादुर घले छन् । सदस्यहरूमा राजु गुरुङ, प्रदीप राई, विक्रम राई, अमृता घले, चन्दा घले, शिलशिला गुरुङ, प्रतिमा लिम्बू, पविता राई, प्रेम गुरुङ, गणेश गुरुङ, सल बहादुए गुरुङ, प्रेम बहादुर राई, कुमार घले, शिव धिमाल, मनमाया घले र टिका गुरुङ रहेका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बू लिम्बूको प्रमुख आतिथ्यता साथै मोरङ जिल्ला सभाका सचिव धनराज योङहाङ लिम्बूको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख अतिथी र विशिष्ट अतिथिले संयुक्त रूपमा उपस्थित मंगोल जनसमुदायलाई प्रशिक्षण प्रदान गर्नु भयो भने प्रमुख अतिथी सुरज फोम्बो लिम्बूले नवगठित वडा सभाका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । बेलबारी नगर सभाका सचिव जुना घलेले कार्यक्रम सन्चालन गरेकी थिइन ।
       यसौबीच मोरङ जिल्ला सभाकै सक्रीयतामा मिक्लाजुङ गाउँपालिका वडा ३ मा पनि भेट्घाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने मोरङ जिल्ला सचिव धनराज योङहाङ लिम्बूले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्