बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रिय कार्यालयमा २६ औं विश्व मूलबासी दिबस

Rajendra Tamang | 9 अगस्ट 2020

केन्द्रिय कार्यालयमा २६ औं विश्व मूलबासी दिबस

काठमाडौँ /मंगोल नेसनल अर्गनाइजेसन केन्द्रिय सभा काठमाडौँको आयोजनामा २६ औं विश्व मूलबासी दिवस भब्य रुपमा सम्पन्न गरेको छ। कोरोना भाइरस को महामारीको समयलाई मध्यनजर गरि कार्यक्रममा सामाजिक दुरी कायम गरि मूलबासी दिवश सम्पन्न गरेको छ। संगठनका केन्द्रिय सदस्य रुबेन श्रेष्ठको सभाध्यक्षता तथा संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। अतिथिहरुमा संगठनका केन्द्रिय सदस्यहरु:मंगोल भक्त खपांगी मगर ,सोम गुरुङ ,शोभा राना मगर ,धनमाया तामाङ्ग ,मोहन मगर ,राजन चाम्लिङ्ग रहनु भएको थियो ,यसैगरी बागमती प्रदेश सभा प्रचार  प्रसार सचिब  सालिकक थापा मगर ,एक प्रदेश सभा प्रचार प्रसार सचिब उत्तम पुलामी मगर ,जिल्ला अध्यक्षहरु :जंग राना मगर (उदयपुर),बिकाश गुरुङ (लम्जुङ्ग ),गंगा  राना मगर (गोर्खा ),सी पी  घिसिङ्ग तामाङ्ग (रामेछाप), सुरेश तामाङ्ग (काठमाडौँ सचिब )  अतिथिको रुपमा रहनु भएको थियो। 
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तामाङ्गले विश्वको मुलबासिहरु एकजुट हुनुपर्ने कुरालाई प्रसठ्याउनु  हुदै अबको दिनमा मूलबासी  हरु एकता बद्ध भएर अघि बढिरहेको कुरा ब्यक्त गर्नु भयो।कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले २६ औं विश्व मूलबासी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रम संचालन राजेन्द्र तामाङ्ग द्वारा भएको थियो। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्