शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रिय कार्यलयमा मनाइयो ८६ औं जन्म उत्सव

mongol vision | 29 जूलाई 2021

केन्द्रिय कार्यलयमा मनाइयो ८६ औं जन्म उत्सव

काठमाडौ/ मंगोल नेशनल अर्गनाइजेशनको काठमाडौ स्थित केन्द्रीय कार्यलय संगठनका संस्थापक युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्म उत्सव मनाइएको छ ।

केन्द्रीय सभाको आयोजनामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रीय कोषाध्यक्ष आङ्दावा शेर्पा रहनु भएको थियो भने बिशेष अतिथिमा केन्द्रीय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङ रहनु भएको थियो । ८६ औं जन्म उत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथ शेर्पाले ड.गोपाल गुरुङ ज्युले उठाउनु भएको माग मुद्दा र उहाँको योगदानको बारेमा बताउनु भयो भने बिशेष अतिथि तामाङले पनि मंगोलवादको सृजना गरेर ड.गोपाल गुरुङले मंगोल समुदायलाई ठुलो गुन लगाउनुभएको बताउनु भयो ।

एम एनओ केन्द्रीय सदस्य रुबेन श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा मंगोल भिजनका निर्देश प्रेम छिरी शेर्पा, केन्द्रीय सदस्य जोनि बि.क., उदयपुर जिल्ला अध्यक्ष जङ राना, काभ्रे जिल्ला सभा अध्यक्ष कमल तामाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सोम गुरुङ, सिन्धुपाल्चोक जिल्ला सभा कोषाध्यक्ष प्रबिना तामाङ, मकवानपुर जिल्ला संयोजक सागर मोक्तान, ललितपुर जिल्ला प्रतिनिधि सुरेन्द्र तामाङ लगायत काठमाडौ उपत्यका आसपास जिल्ला सभाहरुका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । केन्द्रीय सदस्य मंगोल भक्त खपाङ्गिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम बागमती प्रदेश सभा सचिवराजेन्द्र तामाङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्