Anita Thapa Mongol | 28 अप्रिल 2019
गोरखा / मंगोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका प्रेसिडेन्ट बुद्ध लाल मेचे लगायतको टोलिले गोरखा जिल्ला सभाका नेता कार्यकर्ता माझ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बैशाख १४ गते गोरखाको गोरखा नगर पालिका हरमटारी स्थित होटल भिजनको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो । गोरखा जिल्ला सभाका अध्यक्ष गंगा राना मगरको अध्यक्ष तथा केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यता र संगठनका केन्द्रीय सदस्य एबम केन्द्रीय आर्थिक सभा सदस्य सोम बहादुर गुरुङको बिशिस्ठ आतिथ्यमा सम्पन्न भएको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रीय प्रेसिडेन्ट मेचेले कार्यकर्ता लाई सम्बोधन गर्दै संगठनको गतिविधि लाई जिल्लामा सक्रिय रुपमा अगाडि बढाउन निर्देशन दिनु भएको छ । त्यस्तै गरि उहाले डा गोपाल गुरुङको मंगोलवाद दर्शन लाई हरेक मुलबासीको घर घरमा पुराउन समेत कार्यकर्ताहरु लाई अनुरोध गर्नु भयो । कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा कार्यक्रम का बिशिस्ठ अतिथी केन्द्रीय सदस्य सोम बहादुर गुरुङले गोरखा जिल्ला लाई मंगोल को किल्ला बनाउन नेता कार्यकर्ताहरु लाग्नु पर्ने बताउनु भयो । त्यस्तै उहाले अबको बिकल्प भनेकै एम एनओ मात्र भएकाले यसको सिद्धान्त र उदेश्य बारे सम्पुर्ण मुलबासी जनसमुदाय लाई बुझाउन ढिला गर्न नहुने बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेश सभाका सचिब महेन्द्र दर्लामीले पनि संगठनको बारेमा बताउनु भएको थियो । गोरखा जिल्ला सभाका पदाधिकारी ,विभिन्न गाउँ तथा नगर सभाहरुको पदाधिकारीहरु एबम मंगोल सुभचिन्तकहरुको लगायत गण्डकी प्रदेश सभा सदस्य मंगल सिह गुरुङ , पालुङ्टार गाउँ सभा अध्यक्ष रिन्छेन लामा , आरुघाट गाउँ सभा अध्यक्ष रण बहादुर गुरुङको कार्यक्रममा उपस्थिति रहेको थियो । गोरखा जिल्ला सभाका प्रचार सचिब प्रेम बरामले स्वागत मन्तब राख्नु भएको कार्यक्रम सचिब कृष्ण कुमारी घलेले संचालन गर्नु भएको गण्डकी प्रदेश सभाका सह सचिब अनिता थापा मगरले जानकारी गराउनु भयो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology